+
+

शिक्षकलाई गोली हानेको घटनामा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १८:३९

२७ कात्तिक, काठमाडौं । सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो ।

उनलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिलकुमार खड्काले बताए ।

गत आइतबार दिउँसो साढे २ बजे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा मकवानपुरका शिक्षक प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार भएको थियो ।

गालामा गोली लागेका बोम्जनको हाल काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा तीन जनाको संलग्नता रहेको शिक्षकको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा ठाकुरलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?