+
+

नक्कली सुन दिएर ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १८:४७

२७ कात्तिक, काठमाडौं । सक्कली सुन भन्दै नक्कली सुन दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३१ वर्षीय चन्द्रबहादुर योन्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनले ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने गौमती कुमारी थापालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

योन्जनले सुनजस्तो धातु देखाई सक्कली सुन हो भन्दै उक्त सुन दिएर थापाको कानमा लगाएको १.५ तोला (२ लाख ५५ हजार) बरारको सुन लिई ठगी गरेको आरोप छ ।

पक्राउ परेका योन्जनविरुद्ध ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?