+

वृजेश र शिभाली च्याम्पियन

२०८१ कात्तिक  २७ गते १९:१८ २०८१ कात्तिक २७ गते १९:१८
वृजेश र शिभाली च्याम्पियन

२७ कात्तिक, काठमाडौं। वृजेश अर्याल र शिभाली गुरुङ मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगितामा मंगलबार पहिलो भएका छन् । यु–१४ सिंगल्सको ब्वाइजमा वृजेश तथा गर्ल्समा शिभाली पहिलो भएका हुन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको ब्वाइज फाइनलमा वृजेशले असभसम्राट हाडालाई ३–६, ६–१, ६–१ को सेटमा पराजित गरे । गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ७–६, ६–४ को सोझो सेटमा हराइन् ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्स फाइनलमा कायान चालिसेले साहन्श बस्न्यातलाई ४–२, ५–४ ले हराउँदै पहिलो भए ।

यु–१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्की पहिलो भए । उनले फाइनलमा भिरल अग्रवाललाई ६–२, ६–१ ले हराए । सो स्पर्धाको गर्ल्समा सरा पन्तले नाइरा घलेलाई ६–१, ६–२ ले हराए ।

यु–१२ सिंगल्सको ब्वाइजमा विश्व डल्लाकोटी तथा गर्ल्समा आयुशा जिसी पहिलो भए । विश्वले सुजन कुइकेललाई ६–१, ६–३ तथा आयुशाले सरा पन्तलाई ७–५, ६–२ को सोझो सेटमा पराजित गरे ।

मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस शिभाली गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय