+
+

नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते ८:३२

२८ कात्तिक, काठमाडौं । नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३० करोड रुपैयाँ छ । गत आवको यस अवधिमा यस्तो नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो ।

कम्पनीको ब्याज आम्दानी घट्दा पनि सेवा शुल्क तथा कमिसन आम्दानी बढेपछि नाफामा सुधार देखिएको हो । सेवा शुल्क तथा कमिसन आम्दानी पहिले ३२ करोड ९५ लाख रुपैयाँ रहेकोमा अहिले ३९ करोड १६ लाख रुपैयाँ छ ।

तर ब्याज आम्दानी भने पहिले १२ करोड ४५ लाख रहेकोमा अहिले ११ करोड ९८ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा छ । गत वर्षको असोज मसान्तसम्म १५९ रुपैयाँ ७९ पैसा थियो ।

वार्षिक प्रतिसेयर आम्दानी केही खुम्चिएको छ । पहिले १९ रुपैयाँ ९४ पैसा रहेकोमा अहिले १९ रुपैयाँ ८७ पैसा छ । नाफा बढ्दा पनि वार्षिक प्रतिसेयर आम्दानी घट्नुको मुख्य कारण कम्पनीको जारी सेयर संख्या बढ्नु हो । एक वर्षको अवधिमा कम्पनीको सेयर पूँजी ५ अर्ब ३१ करोडबाट बढेर ६ अर्ब ५ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?