२८ कात्तिक, काठमाडौं । ललित स्मृति यू-१८ एन्फा युथ लिगको खेलहरु आजदेखि फेरि सुरु हुँदैछन् ।
आज दुई खेल हुनेछन् । पहिलो खेल जावलाखेल युथ क्लब र एनआरटीबीच १२ बजे सुरु हुनेछ । यस्तै नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दोस्रो खेल ३ बजे हुनेछ ।
साफ यु-२० च्याम्पियनसिप, महिला लिग, दशैं र तिहार तथा साफ महिला च्याम्पियनसिपका कारण रोकिएको ललित स्मृति यू-१८ युथ आज देखि फेरि सुरु हुन लागेको हो । यसअघि लिगमा ४८ खेल सञ्चालन भइसकेको छ ।
प्रतिक्रिया 4