+

कार दुर्घटनामा परेका फुटबलर मार्को एङ्गुलोको निधन

२०८१ कात्तिक  २८ गते ११:३४ २०८१ कात्तिक २८ गते ११:३४
कार दुर्घटनामा परेका फुटबलर मार्को एङ्गुलोको निधन

२८ कात्तिक, काठमाडौं । कार दुर्घटनामा परी गम्भीर घाइते भएका इक्‍वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ ।

२२ वर्षीय एङ्गुलोको उपचारका क्रममा बुधबार निधन भएको इक्‍वेडर फुटबल फेडेरेसनले एक विज्ञप्तिमार्फत जनाएको छ ।

‘मार्को एक उत्कृष्ट खेलाडी मात्र नभएर एक उत्कृष्ट साथी पनि थिए, हाम्रो फुटबल महासंघ एङ्गुलोको मृत्युमा गहिरो सहानुभूति व्यक्त गर्दछ’, विज्ञप्तिलाई उद्धृत गर्दै स्थानीय मिडियाहरुले लेखेका छन् ।

उमेर समूहको टोलीमा २०१९ देखि खेल्न थालेका उनले सन् २०२२ मा सिनियर राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट ९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

यसबाहेक २०२० देखि क्लबमा आबद्ध उनी २०२३ मा लियोनल मेस्सी खेलिरहेको लिग मेजर लिग सकरकै क्लब सिनसिनाटी एफसीबाट खेलेका थिए भने यसै वर्ष इक्‍वेडरकै क्लब एलडियू क्‍विटोमा लोनमा अनुबन्ध भएका थिए ।

कार दुर्घटना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय