+
+

पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते ११:१३

२८ कात्तिक, काठमाडौं । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कोशी गाउँपालिका–१३ नहरचोक, कुशाहाका ५५ वर्षीय इसाद आलम र सोही ठाउँका २७ वर्षीय समिम आलम छन् ।

मंगलबार उजुरी पक्राउ पूर्जी दिएर इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार दिउँसो कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा .प्र ०३–००१ ख १९९२ नम्बरको ट्रकमा पशुलाई निर्दयी तरिकाले ओसारपसार गरेको पाइएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

२४ वटा गोरुलाई यातना हुने गरी पुच्छर समेत बाँधेर, मुन्टो ठाडो पारेर नथीमा बाँधेर ओसारपसार गरेको पाइएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले बताए ।

जसमध्ये २ वटा गोरुको सिंङबाट रगत समेत आएको थियो । त्रिपालले पुरै ट्रक छोपेकाले गोरुलाई स्वासप्रस्वासमा समेत समस्या आएको बताइएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?