
काठमाडौं । ‘हीरामण्डी’ सिरिजसहित कैयौं फिल्ममा उत्कृष्ट अभिनयले मन जितेकी मनिषा कोइरालाले क्यान्सरलाई समेत जितिन् । यसले उनलाई साहसी महिलाको रुपमा समेत चिनाएको छ ।
मनिषाले इन्स्टाग्राममा एक भावुक पोस्ट गर्दै आफ्नो पछिल्लो समस्याबारे नोट लेखेकी छन् । उनले पछिल्लो समय आफू बारम्बार टाउको दुख्ने समस्याबाट पीडित भएको उल्लेख गरेकी छन् ।
हरेक महिना आफूलाई टाउको दुख्ने उनको भनाइ छ । उनले फ्यानलाई यो समस्याबाट मुक्ति पाउने केही सुझाव समेत मागेकी छन् ।
ओछ्यानमा सुतेको तस्वीर सेयर गर्दै उनले आफ्नो समस्या सेयर गरेकी हुन् । महिनामा एक पटक टाउको दुख्ने र यसको कारण के हो थाहा नभएको बताउँदै उनी क्याप्सनमा लेख्छिन्, ‘टाउको दुख्ने समस्या, नमस्कार साथीहरू ! आज म केही व्यक्तिगत कुराहरु सेयर गर्दैछु । महिनामा एक पटक टाउको दुख्छ र मलाई थाहा छैन किन यस्तो हुन्छ ? के यो पानीको कमी वा निद्राको कमी, खराब आहार वा तनावको कारण हो ? वा यो सबै हो ?’
साथै मनिषाले पोस्टमा यो समस्याका लागि सुझाव पनि मागेकी छिन्, ‘मेरो समाधान ? यसमा एक वा दुई दिनको लागि सबै चीजहरू बन्द गर्ने, आरामदायी अडियोबुकहरू वा संगीत सुन्ने, हल्का खाने, प्रशस्त पानी पिउने, र औषधिहरू लिने समावेश छन् । अरू कसैलाई यस्तो अनुभव भएको छ ? तपाईं यसलाई कसरी व्यवहार गर्नुहुन्छ ? तपाईंका सुझावहरू र तरिका सेयर गर्नाले मलाई र अरूलाई पनि राहत दिन सक्छ ।’
यसअघि पनि मनिषाले क्यान्सरसँग लडाइँ जितेकी थिइन् । उनलाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो । उनले भनेकी छन्, ‘म आफ्नो आवाज क्यान्सरका बिरामीलाई सहयोग गर्न मात्र नभई स्वास्थ्य सेवाको आवश्यकता र पाठेघरको क्यान्सरका लक्षण र लक्षणबारे जनचेतना जगाउन पनि चाहन्छु ।’
मनिषा पछिल्लोपटक निर्देशक सञ्जयलीला भन्सालीको पहिलो वेब सिरिज ‘हिरामण्डी : द डायमण्ड बजार’मा देखिएकी थिइन् । यो श्रृंखलामा मनिषाले मल्लिकाजनको भूमिकाबाट फेरि पनि सबैको मन जितेकी छिन्, किनभने मनिषाले यसअघि पनि धेरै उत्कृष्ट फिल्ममा अभिनय गरिसकेकी छन् जसको सूची निकै लामो छ ।
दर्शक यतिबेला ‘हीरामण्डी २’ को पर्खाइमा छन् ।
प्रतिक्रिया 4