+
+

कोटेश्वर भाटभटेनी अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १२:३९

२८ कात्तिक, काठमाडौं। काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वर भाटभटेनीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मृतकको अहिलेसम्म नामथर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मंगलबार राति अन्दाजी ४० वर्षीय पुरुष मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?