
२८ कात्तिक, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोल नयाँ पुलस्थित सडकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका २६ वर्षीय कबिर लामालाई रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीबाट ट्रामाडोल एक हजार ट्याब्लेट बरामद भएको छ । बागमती प्रदेश ०२-०५५ प ०४३५ नम्बरको सवार उनलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4