+
+

उद्योगमा पुनः बिजुली जोडेपछि पत्रकार सम्मेलन गर्दै कुलमान

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १२:३९
फाइल तस्वीर

२८ कात्तिक, काठमाडौं । ‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विवादमा सरकार र उद्योगीसँग लामो माथापच्ची चलिरहेका बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलन घोषणा गरेका छन् ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो ।

त्यसपछि सोमबार ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ती उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो । बक्यौता नउठाइ लाइन जोड्न नहुने अडानमा रहेका कार्यकारी निर्देशक घिसिङ मन्त्रिपरिषद् निर्णयबाट असमञ्जसमा थिए ।

लाइन काटिएका उद्योगमा पुनः बिजुली आपूर्ति गर्न मन्त्रिपरिषद् निर्णय नै आवश्यक पर्ने भनेका घिसिङ सोही बेहोराको निर्णय भएपछि असमञ्जसमा परेका थिए ।

तर, उनले बाध्य भएर हिजो रातिदेखि केही उद्योगमा विद्युत् आपूर्ति गरिसकेका छन् ।

डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौताबारे पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वमा गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अनुसार ‘टीओडी’ मिटरका आधारमा बक्यौता असुल्नुपर्ने भनेपछि घिसिङ तनाव छन् ।

यहीबीच कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवाद, सरकार र उद्योगीसँगको विवाद लगायत विषयलाई लिएर आज दिउँसो २ बजे प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?