+
+

कृषि फार्मका सञ्चालक ३०७ किलो गाँजासहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १२:४७

२८ कात्तिक, काठमाडौं। सुनसरीको एक कृषि फार्मका सञ्चालक ३०७ किलो गाँजासहित पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका–१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषी फार्मका सञ्चालक मनिराज राईलाई गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त फार्ममा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

फर्मबाट १० वटा प्लास्टिकको बोरामा लुकाएर राखेको ३०७ किलो गाँजा पनि प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?