+
+

अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १३:१५

काठमाडौं । अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माता तथा निर्देशकमाथि प्रहरीमा उजुरी परेको छ । निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेले अमेरिका लैजान्छु भन्दै ठगी गरेको दाबीसहित उजुरी परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उजुरी परेको बताए । लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा दम्पती हुन् । पछिल्लो फिल्म ‘तेल भिसा’ प्रदर्शनको लागि उनीहरु यतिबेला काठमाडौंमा छन् ।

यो फिल्मको छायांकन पनि अमेरिकामा गरिएको हो । कथावस्तु पनि अमेरिकास्थित नेपाली समुदायको कथामा आधारित छ । ऋचा र शंकर दुवै नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार तथा निर्देशक हुन् ।

‘तेल भिसा’को प्रदर्शन मंसिर ७ गते हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?