+
+

रास्वपाले महाबु गाउँपालिकाको अध्यक्ष उम्मेदवार प्रकाश बुढालाई तोक्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १४:२१

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दैलेखस्थित महाबु गाउँपालिकाको अध्यक्षको उम्मेदवार सर्वसम्मत टुंगाएको छ ।

१६ मंसिरमा हुने उपनिर्वाचनका लागि अध्यक्ष पदका लागि प्रकाश बुढालाई उम्मेदवार टुंगो लागेको रास्वपाका कर्णाली प्रवक्ता हरि अधिकारीले जानकारी गराए ।

रास्वपाले उम्मेदवार बनाएका बुढा व्यवसायी हुन् । ‘व्यवसायिक, राम्रो छवि भएका र पढेलेखेका व्यक्तिलाई उम्मेदवार बनाएका छौं,’ अधिकारीले अनलाइनखबरसँग भने । दैलेखको दुल्ल नगरपालिका-१३ मा हुने वडाध्यक्ष पदमा रास्वपाले रामबहादुर शाहीलाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसले झलक भण्डारीलाई, माओवादी केन्द्रले जंगबहादुर रावललाई उम्मेदवार बनाएको छ । एमाले र एकीकृत समाजवादीले उम्मेदवार टुंगो लगाइसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?