+
+

गाडी रिजर्भ गरेर वडाले ६५ जनालाई देखायो ‘पूर्णबहादुरको सारंगी’

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १४:४२

२८ कात्तिक, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका-११ नम्बर वडा कार्यालयले वडाका ६५ जनालाई फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेराएको छ । वडाध्यक्ष मानबहादुर राउतले फेसबुकमार्फत यस्तो जानकारी दिएका छन् ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्मासहित तुलसीपुर–११ का दलित अगुवा, वडाका जनप्रतिनिधि, वडा सचिवसहितलाई फिल्म हेराइएको राउतले उल्लेख गरेका छन् ।

‘कुरिती, कुसंस्कार, शैक्षिक चेतनामूलक नेपाली फिल्म पुर्णबहादुरको सारंगी हेर्न फिल्म हलमा पुगेका छौ । नेपाली फिल्मलाई प्राथमिकता, युवा व्यवसायीलाई उत्साहित गर्ने उद्देश्यले पूर्णबहादुरको सारंगी फिल्म हेर्ने निधो गरिएको हो’ उनले लेखेका छन् ।

वडाले एउटा बस नै रिजर्भ गरेर स्थानीय भीएफएक्स सिनेमा हलमा लगेको हो । फिल्म हेराउँदा ३० हजार खर्च भएको जनाइएको छ । फिल्म हेरेपछि वडाध्यक्ष राउत र राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्मासहितले फिल्म चेतनामूलक बनेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?