+
+

सानिमा माइ हाइड्रोपावरको नाफा २० प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते ९:३५

२९ कात्तिक, काठमाडौं । सानिमा माइ हाइड्रोपावरको नाफा २० प्रतिशत घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २० करोड २० लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा कम्पनीको नाफा २५ करोड २८ लाख रुपैयाँ थियो ।

विद्युत् बिक्री आम्दानी नै घटेपछि नाफामा असर परेको हो । बिक्री आम्दानी पहिले ३२ करोड ९८ लाख रुपैयाँ रहेकोमा अहिले २६ करोड १२ लाख रुपैयाँ छ ।

कम्पनीको वित्तीय लागत सामान्य घटेको छ । यस्तो लागत पहिले २ करोड ६७ लाख रुपैयाँ रहेकोमा अहिले २ करोड २४ लाख रुपैयाँ छ । सञ्चित आम्दानी करिब १ अर्ब ३० करोड रुपैयाँ छ ।

तीन महिनाको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९४ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ छ । बुधबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ५६९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?