+
+

तोलामा २२ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते ११:१७

२८ कात्तिक, काठमाडौं । दुई सातादेखि घटिरहेको सुनको मूल्य बिहीबार तोलामा थप २२ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन अघिल्लो दिन १ लाख ६२ हजार २०० रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसयता दुई साताको अवधिमा सुनको भाउ प्रतितोला ११ हजार घटिसकेको छ ।

चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १९४० रुपैयाँ रहेकोमा यस दिन प्रतितोला १९०५ रुपैयाँमा झरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?