+
+

नागढुंगा सडक एक सातासम्म आंशिक बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते १३:११

२९ कात्तिक, काठमाडौं । नागढुंगा सडक एक साताका लागि दिउँसोको समयमा आंशिक रुपमा बन्द हुने भएको छ ।

नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टलअन्तर्गत सिस्ने खोलामा स्लोप कटिङ गर्नु पर्ने भएकोले सडक बन्द गरिने आयोजनाले जनाएको छ ।

सडक बिहीबारदेखि मंसिर ५ गतेसम्म केही समय बन्द हुनेछ । आयोजनाले जारी गरेको सूचना अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक आंशिक रुपमा बन्द हुनेछ ।

उक्त अवधिको  २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख छ । २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ ।

सडक बन्द रहेको बेलामा लेन अनुशासन कायम गर्न र सम्भव भए वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?