+

विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा

२०८१ कात्तिक  २९ गते १७:३१ २०८१ कात्तिक २९ गते १७:३१
विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा

२९ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।

क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदै नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु-१९ महिला विश्वकपमा छनोट भएको थियो ।

त्यस्तै नेपाल यसै वर्ष डिसेम्बरमा मलेसियामै हुने एसिसी यू-१९ महिला एसिया कपका लागि पानि छनोट भएको छ ।

विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहिबार साँझ नेपाल आइपुग्दै छन् ।

नेपाल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय