+

प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता हुँदै

२०८१ कात्तिक  २९ गते २०:२३ २०८१ कात्तिक २९ गते २०:२३
प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता हुँदै

२९ कात्तिक, काठमाडौं । प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।

झापा १ सांसद सचिवालय, काठमाडौं तथा नेपाली कांग्रेस झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौँको आयोजनामा हुने प्रतियोगिता मंसिर १ गते शनिबार डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुनेछ । प्रतियोगिताको उद्‌घाटन सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ ।

असोज १२ गतेका लागि निर्धारित प्रतियोगिता भारी वर्षाका कारण स्थगित भएको थियो ।

प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन्। ३० वर्षमूनिका खेलाडी सहभागी हुने फुटसल प्रतियोगितामा झापा क्षेत्र नं १ का ७ वटा टिम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा क्षेत्र नं १ का साविकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडी बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले ११ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने आयोजक संस्था झापा १ काठमाडौं सम्पर्क समितिका संयाेजक प्रज्वल कोइरालाले जानकारी दिए ।

उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारबीच मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङंदेन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता रविन काेइराला, एलपी साँवा, माओवादीका रन्जित तामाङ सहितका नेताहरू खेल्नेछन् भने कलाकारकातर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विल्सन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकी लगायत खेल्ने छन् ।

साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं १ (क) र (ख) का महिला टीमबीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौं आइ बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरुलाई लक्षित गरी उक्त खेलको आयोजना गरिएको हो ।

झापा १–काठमाडौं

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय