+
+

दिल्लीमा वायु प्रदूषण बढेपछि प्राथमिक तहमा अनलाइन पढाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते ६:३०

३० कात्तिक, काठमाडौं । भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ । मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गरिएको हो ।

उनले सोसल मिडिया एक्समार्फत् अर्को सूचना जारी नभएसम्मका लागि अनलाइन कक्षा जारी रहने बताएकी छन् ।

,दिल्लीमा वायु प्रदूषण बढेर अत्यन्त खराब स्तरमा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीका अधिकांश स्थानमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि पुगेको छ ।

यदि एक्यूआई ४०१देखि ५००को बीचमा भएमा यो अवस्थालाई अत्यन्त गम्भीर श्रेणीमा पुगेको मानिन्छ । यस्तो अवस्थामा स्वस्थ अवस्थाका मानिसहरुलाई पनि श्वासप्रश्वास लगायतका समस्या देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?