
३० कात्तिक, रौतहट । रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । मिर्गौलापीडित साहको उपचारका क्रममा विहीबार निधन भएको हो ।
वडाध्यक्ष साह २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित भएका थिए । त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
यसैबीच, रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4