+
+

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते ९:४२

३० कात्तिक, काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो ।

एफपीओमा रितपूर्वक आवेदन दिनेको संख्या १३ लाख ४७ हजार ५१३ थियो । ती आवेदकमध्ये ३५ हजार ९० जनाले एफपीओ पाएका छन् । ३५ हजार ८४ जनालाई १० कित्ताका दरले र बाँकी ४ जनालाई ११ कित्ताका दरले सेयर प्रदान गरिएको क्यापिटलले जनाएको छ । यसको नतिजा केही बेरपछि सीडीएससीको वेबसाइट आईपीओ रिजल्ट मा हेर्न सकिनेछ ।

लघुवित्तले कात्तिक १२ देखि २० गतेसम्म एफपीओमा आवेदन माग गरेको थियो । हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९२५ रुपैयाँ छ ।

एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेर समता घरेलु लघुवित्त बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?