+
+

पर्यटनमन्त्री पाण्डेले कांग्रेस सांसद बजगाईंविरुद्ध पार्टी कार्यालयमा दिए उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १२:५७

२९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले आफ्नै दलका सांसद राजेन्द्र बजगाईविरुद्ध पार्टी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।

कांग्रेसका प्रतिनिधि सभा सदस्य बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका हुन् ।

मन्त्री पाण्डेका सचिवालयमार्फत पार्टीको अनुशासन समिति र संसदीय दलमा उजुरी दिइएको छ । पाण्डेको उजुरी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाइएको छ ।

सांसद बजगाईंले मन्त्री पाण्डेले घुस खाएको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा बजगाईंले मन्त्री पाण्डेले भैरहवामा क्यासिनोका लाइसेन्स वितरण गर्ने क्रममा घुस खाएको आरोप लगाएका थिए ।

उजुरीमा आफूविरुद्ध निराधार आरोप लगाइएको पाण्डेले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?