+
+

अमेरिकी विदेश मन्त्रालय भन्यो : आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिइएको छ

रासस रासस
२०८१ कात्तिक ३० गते १३:१९

३० कात्तिक, अमेरिका । संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रमुख उपप्रवक्ता वेदान्त पटेलले आप्रवासनको सवाललाई सम्बोधन गर्दै आप्रवासी भिसा पर्खिरहेका भारतीय अमेरिकीहरूका लागि यस सवालको महत्त्व स्वीकार गरे ।

विश्वभरका धेरै मानिसहरूका लागि आगन्तुक भिसा वा औपचारिक कानुनी आप्रवासन च्यानल सवैलाई गम्भीरताका साथ लिई काम जारी राख्ने र आप्रवासनका प्रक्रियाहरू सुधार गर्न सक्ने तरिकाहरू खोज्ने पटेलले बताए ।

केही हप्ताअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र वाणिज्यमन्त्री जिना राइमोन्डोले पर्यटक भिसा प्रशोधन प्रक्रियालाई सुव्यवस्थित बनाउने तरिकाबारे बताएका थिए । भारत–अमेरिका सम्बन्धको प्रशंसा गर्दै विश्व क्षेत्रीय स्थिरतालगायतका कुरामा भारत महत्त्वपूर्ण साझेदार बनेको तथा राष्ट्रपति बाइडेनको कार्यकालमा सम्बन्ध थप सक्षम भएकोमा पटेलले आभार प्रकट गरे ।

सन् २०२४ को अमेरिकी चुनावमा आप्रवासन चुनावी अभियानको महत्त्वपूर्ण हिस्सा थियो भने ट्रम्पको चुनावी अभियानको आधारशिला रहेको सिएनएनले जनाएको छ । ट्रम्पले कागजात विहीन आप्रवासीहरूलाई हटाउनमा ध्यान केन्द्रित गरेको विश्वसनीय स्रोतलाई उद्धत गर्दै सिएनएनले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?