+
+

दयाहाङ स्टारर ‘दु:खी आत्मा’ भ्यालेन्टाइन्स डेमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १३:३८

काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘दु:खी आत्मा’को प्रदर्शन मिति तय भएको छ । दीपेन्द्र लामा निर्देशित यो फिल्म ‘भ्यालेन्टाइन्स डे’को दिनमा २ फागुनमा हलमा रिलिज हुनेछ ।

निर्माता कम्पनी क्लक वर्क क्रियसनले शुक्रबार फिल्मको टाइटल डिजाइनसहित प्रदर्शन मिति घोषणा गरेको हो । दयाहाङसहित आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतको अभिनय यसमा छ ।

निर्माता हिमाल कडरिया हुन् । निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दु:खी आत्मा’ उनीहरुको दोस्रो सहकार्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?