+

भारतका कम्बोजले एकै इनिङमा लिए १० विकेट

२०८१ कात्तिक  ३० गते १५:४० २०८१ कात्तिक ३० गते १५:४०
भारतका कम्बोजले एकै इनिङमा लिए १० विकेट

३० कात्तिक, काठमाडौं । भारतको हरियाणा क्रिकेट टिमका बलर अंशुल कम्बोजले रणजी ट्रफीको एक खेलमा कीर्तिमान बनाएका छन् ।

तीव्र गतिका बलर अंशुल कम्बोजले केरलाविरुद्धको रणजी खेलको एकै इनिङ्समा १० विकेट लिने कीर्तिमान बनाएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै उनको उपलब्धीका लागि बधाई दिएको छ।

अंशुल रणजी क्रिकेटमा एकै इनिङ्समा १० विकेट लिने तेस्रो बलर हुन् । अन्तर्राष्ट्रियस्तरको कुरा गर्ने हो भने अनिल कुम्बले एकै इनिङ्समा १० विकेट लिने एकमात्र भारतीय बलर हुन् ।

अनिल कुम्बलेले सन् १९९९ मा दिल्लीमा पाकिस्तानविरुद्ध खेलेको टेस्ट म्याचको एउटै इनिङ्समा १० विकेट लिएर इतिहास रचेका थिए ।

रणजी ट्रफी भारत १० विकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय