
काठमाडौं । गायक शिव परियारको स्वरमा नयाँ गजल ‘तिमीसँग भेट्ने’ सार्वजनिक भएको छ । शीतल कादम्बिनीको शब्द र सुरेश अधिकारीको संगीत रहेको गजलले प्रेममा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।
तिमीसँग भेट्ने हतारो मलाई
तिमी चाहिं हाल्छौं तगारो मलाई
गजल-गीतलाई आमोद तामाङले एरेन्ज गरेका हुन् । शीतल र शिवको सहकार्य रहेका कहाँ थियौ तिमी रंगमञ्च, धेरै चोटि मरे म त लगायत गीत-गजल लोकप्रिय छन् । लिरिकल भिडियो सहितको गजल ‘शीतल कादम्बिनी’ युट्युब चयानलमा रिलिज गरिएको छ ।
गायक परियारको स्वरमा शुक्रबार नै ‘बाआमा’ र ‘हिंड्दैछु एक्लै’ गीत समेत सार्वजनिक भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4