
३० कात्तिक, काठमाडौं । सिंगापुर एयरलाइन्सले नेपालमा आफ्नो व्यवसाय विस्तारमा उल्लेख्य सहयोग गर्ने ट्राभल तथा कार्गो कम्पनीहरूलाई अवार्ड प्रदान गरेको छ ।
सिंगापुरको सरकारी वायुसेवा कम्पनी सिंगापुर एयरलाइन्सले हालै एक कार्यक्रम गरी ती कम्पनीलाई अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२३/२४ मा सिंगापुरको टिकट धेरै बेचेका र बढी परिमाणमा कार्गो उपलब्ध गराएका कम्पनीलाई अवार्ड प्रदान गरिएको हो ।
सिंगापुर एयरलाइन्सको पश्चिम एसिया तथा अफ्रिका हेर्ने क्षेत्रीय उपाध्यक्ष फु चाई वु र नेपाल प्रबन्धक मेल्भिन ट्यानले ती कम्पनीलाई अवार्ड प्रदान गरे ।
सिंगापुरको धेरै टिकट बिक्री गरेका ओशो वल्र्ड ट्राभल नेपाल, डा भिन्सी ट्राभल्स एन्ड टुर्स, सुमेघ टुर्स एन्ड ट्राभल्स, सि लिंक्स ट्राभल्स एन्ड टुर्स, प्रवास ट्राभल एन्ट टुर्स, बोन ट्राभल एन्ड टुर्स, रुपाकोट इन्टरनेसनल ट्राभल्स, ऐश्वर्य ट्राभल्स, मेगाबाइट ट्राभल्स एन्ड टुर्स र रोमिङ नेपाल ट्राभल एन्ड टुर्सले अवार्ड पाएका हुन् ।
त्यस्तै कार्गो कम्पनीतर्फ युनिक फ्रेट इन्टरनेसनल, पायोनियर कार्गो र राइजिङ स्टार कार्गोले अवार्ड पाएका हुन् ।
सिंगापुर एयरलाइन्सले नेपालका लागि दैनिक एक उडान गरिरहेको छ । सिंगापुर एयरलाइन्सको नेपालका लागि आधिकारिक बिक्री प्रतिनिधि (जीएसए) एभरेस्ट एक्सप्रेस टुर्स एन्ड ट्राभल्स हो ।
प्रतिक्रिया 4