+
+

भोलिदेखि थारू कल्याणकारिणी सभाको २३औं राष्ट्रिय महाधिवेशन भैरहवामा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते २०:१४

३० कात्तिक, काठमाडौं। नयाँ नेतृत्व छान्‍नका लागि थारू कल्याणकारिणी सभाको २३औं राष्ट्रिय महाधिवेशन भोलि (शनिबार)देखि भैरहवामा हुँदैछ।

महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए ।

महामन्त्री चौधरीका अनुसार आगामी मंसिर ३ गतेसम्म हुने उक्त महाधिवेशनको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्नेछन्।

महाधिवेशनमा पुर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म तथा कास्की र काठमाडौं उपत्यकासहित २६ जिल्लाबाट हजारौको संख्यामा प्रतिनिधि सहभागिता हुने महामन्त्री चौधरीले बताए ।

यसका साथै उक्त राष्ट्रिय महाधिवेशनमा भाग लिनका लागि सभाका अन्तराष्ट्रिय शाखाहरू जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, दुवई, कतार, मलेसियामाका प्रतिनिधिहरू भैरहवा पुगेका छन् । यसैगरी थारू कल्याणकारिणी सभाका शाखा, भातृसंस्था, महिला, युवा, विद्यार्थी लगायत गरी करिब ३ सय जना केन्द्रीय प्रतिनिधि तथा पार्षद्को सहभागिता रहने आयोजकले जनाएको छ ।

यसपटक थाकस महाधिवेशनको मूल नारा ‘थारूहरुको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशीसहितको संघीय राज्यको व्यवस्था’ राखिएको छ ।

महाधिवेशनले नयाँ नेतृत्वको चयन, विधान संशोधन, कार्यप्रगति, सांगठानिक, आर्थिक प्रतिवेदनसहित आगामी नीति तथा कार्यक्रम महाधिवेशनको बन्दसत्रबाट पारित गरी रुपन्देही घोषणपत्र जारी गरिने सभाका उपमहामन्त्री मीनराज चौधरीले बताए ।

विधान अनुसार थाकसको महाधिवेशन २/२ वर्षमा हुनुपर्ने भएपनि अनेक समस्याका बाबजुत ६ वर्षमा महाधिवेशन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?