+

विश्व शारीरिक सुगठनका पदक विजेतालाई बधाई

२०८१ कात्तिक  ३० गते २१:३२ २०८१ कात्तिक ३० गते २१:३२
विश्व शारीरिक सुगठनका पदक विजेतालाई बधाई

३० कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार बधाई दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपमा पदक विजेतासहितको टोली भेटी सदस्य सचिव घिसिङले बधाई दिएका हुन् ।

माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि तथा सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।

विश्व शारीरिक सुगठन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय