+
+

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १ गते ९:५९

१ मंसिर, काठमाडौं । भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका-५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका सुवालको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, काठमाडौंमा मृत्यु भएको हो ।

ट्याक्टरमा सवार भक्तपुर नगरपालिका-२ व्यासीका ४८ वर्षीय गणेश सुवाल घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ । सामान्य घाइते भएका अन्य ४ जना डिस्चार्ज भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?