+

अफगानिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाईँ सार्वजनिक

२०८१ मंसिर  १ गते १८:०० २०८१ मंसिर १ गते १८:००
अफगानिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाईँ सार्वजनिक

१ मंसिर, काठमाडौं ।अफगानिस्तान विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको पहिलो रोजाईँ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक नविन न्यौपानेले यसअघि ताजिकिस्तान विरुद्ध खेलेको टिमबाट पहिलो रोजाईँमा पाँच परिवर्तन गरेका छन् ।

डिफेण्डर विमल पाण्डेको स्थानमा आज अभिषेक लिम्बु खेल्दैछन् भने मिडफिल्डरमा चार खेलाडी नै परिवर्तन गरिएको छ । रोहन कार्की, एरिक विष्ट, भरत खवास र सुमित श्रेष्ठको स्थानमा आज मनिष डाँगी, आयुष घलान, उत्सव राई र मणि लामा पहिलो रोजाईँमा खेल्दैछन् । यस्तै अन्जन विष्ट र जिलेस्पी जंग कार्की फरवार्डमा खेल्नेछन् ।

खेल डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

ताजिकिस्तान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ । यसअघि बुधबार भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो ।

मैत्रीपूर्ण खेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय