+

विश्व शारीरिक सुगठनका पदक विजेता सम्मानित

२०८१ मंसिर  १ गते १९:४० २०८१ मंसिर १ गते १९:४०
विश्व शारीरिक सुगठनका पदक विजेता सम्मानित

१ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा नेपालले ४ रजत पदक जितेको थियो । रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि र सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।

काठमाडौं जिल्ला शारीरिक सुगठनकै कोषाध्यक्ष भएकाले रुजेशलाई ३१ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । बाँकी पदक विजेता प्रज्जवलमान, रजनी र सनम तथा सहभागी खेलाडी ललित धिमाल र रन्जित आचार्यलाई प्रशंसा पत्रबाट सम्मान गरियो ।

उनीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ, सचिव दिनेश राजभण्डारी, नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदीलगायतले कुलेश्वरमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

विश्व शारीरिक सुगठनका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय