+
+

काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १ गते २०:१७

१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल हुने भएको छ ।

शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको छ ।

सहमति अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?