+
+

परराष्ट्रमन्त्रीको व्यस्तताले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते ११:३६

२ मंसिर, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ ।

आइतबारका लागि तय भएको बैठक अनिश्चिकालका लागि स्थगित भएको हो । परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यस्तताका कारण बैठक स्थगित भएको हो ।

आइतबारका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।

परराष्ट्रमन्त्री राणा काठमाडौं बाहिर रहेको र पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोरले बताए ।

परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकी छन् ।

समिति सचिवालयका अनुसार आइतबारकै बैठकमा प्रधानमन्त्री ओलीलाई समेत उपस्थित गराएर छलफल गर्ने तयारी थियो । उनको पनि समय नमिलेकाले बैठक बस्न सकेन् ।

बैठकको अर्को मिति तय भइसकेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?