+
+

नेपाल बैंक ८८औं वर्षमा प्रवेश, २५ लाख बढीलाई वित्तीय सेवा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १२:४०

काठमाडौं । नेपाल बैंक लिमिटेड ८८औं वर्षम प्रवेश गरेको छ ।

३० कात्तिक १९९४ सालमा स्थापना भएको बैंकले ३० कात्तिकमा ८७ वर्ष पूरा गरी ८८ औं वर्षमा प्रवेश गरेको हो ।

८८औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले प्रधान कार्यालय प्राङ्‍गणमा वार्षिकोत्सव समारोह आयोजना गरेको थियो ।

समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बैंक सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी लगायत सहभागी थिए ।

यो अवधिमा नेपालभरि २ सय २९ शाखा, २ सय ५ एटीएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकका अनुसार करिब ९ लाखभन्दा बढी ग्राहकले डिजिटल प्रविधि मार्फत् बैंकिग सेवा लिई लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?