+
+

कीर्तिपुरमा धमाधम उम्मेदवारी दर्ता हुँदै (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ मंसिर २ गते १३:३९

२ मंसिर, काठमाडौं । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउन थालेका छन् ।

नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतका दलका उम्मेदवार मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

नेकपा एमालेबाट मेयरमा सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाका धु्रव महर्जन उम्मेदवार बनेका छन् । त्यस्तै जसपा नेपाल र स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दिएका छन् ।

कीर्तिपुरको वडा नं १ र वडा नं ४ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछन् । मेयर र दुई वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको राजधानी उपत्यकाको नगरपालिका भएकाले यहाँको उपनिर्वाचनमा धेरैको चासो छ ।

हेर्नुहोस् मनोनयन दर्ता गराउने क्रममा विभिन्न दलका उम्मेदवार :

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?