+
+

कीर्तिपुरको मेयरमा जसपा नेपालबाट तेस्रोलिंगी महिला उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १३:५०

२ मंसिर, काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन् ।

मेयरमा नेपाल हनी महर्जन र वडा नं ४ को वडाध्यक्षमा मौनीले उम्मेदवारी दिएका हुन् । दुबै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले शनिबार मायाको पहिचान नेपालको कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका थिए ।

मेयरकी उम्मेदवार हनी महर्जनले सफा, स्वच्छ र सुन्दर कीर्तिपुरलाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

उद्यमी बन्न प्रोत्साहन पुग्ने कार्यक्रम सञ्चालन गर्ने, पदमार्गहरूको पहिचान गर्ने र पर्यटकहरूका लागि घुम्नैपर्ने शहरका रूपमा कीर्तिपुरको विकास गर्ने पनि उनले योजना सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?