+

ललितपुर मेयर कप ब्याडमिन्टन मंसिर तेस्रो सातादेखि

२०८१ मंसिर  २ गते १४:३३ २०८१ मंसिर २ गते १४:३३
ललितपुर मेयर कप ब्याडमिन्टन मंसिर तेस्रो सातादेखि

२ मंसिर, काठमाडौं । तेस्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ मंसिर १८ गते बाट हुने भएको छ ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना र बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरियता बाहेक), यु–१७ ब्वाइज र गर्ल्स तथा मास्टर ४५ माथि युगल गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगल तर्फका बिजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

यु–१७ तर्फ ब्वाइज तथा गर्ल्स एकलमा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । मास्टर ४५ माथिका पहिलोले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले ७ हजार ५ सय नगद पुरस्कार पाउनेछ ।

४ दिन सम्म संचालन हुने प्रतियोगितामा देशभरका गरी ३०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ ।

ब्याडमिन्टन ललितपुर मेयर कप ब्याडमिन्टन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय