+

परेवा उडाएर सुगत मानन्धरले जिते ५० हजार

२०८१ मंसिर  २ गते १४:४३ २०८१ मंसिर २ गते १४:४३
परेवा उडाएर सुगत मानन्धरले जिते ५० हजार

२ मंसिर, काठमाडौं । काठमाडौंका सुगत मानन्धरले यस वर्षको परेवा उडान प्रतियोगितामा प्रथम स्थान हात पारेका छन् । उनको परेवाले कुल ३८ घण्टा ३० मिनेटको लामो समय उडान भरेका थिए ।

त्यस्तै दोस्रो स्थानमा कविन श्रेष्ठ (३४ घण्टा ८ मिनेट), वीरेन्द्र श्रेष्ठ तृतिय (३२ घण्टा २३ मिनेट), हरिश भुजु चौथो (२० घण्टा ५१ मिनेट), तुलसी कुमार साहुखल पाँचौं (९ घण्टा १० मिनेट) र सुमन फुयाल छैटौं स्थान (६ घण्टा २४ मिनेट) प्राप्त गरेका थिए।

विजेताहरुले क्रमश ५० हजार, ३५ हजार , २५ हजार, १० हजार, ८ हजार र ५ हजार रुपैंया प्राप्त गरेका थिए ।

प्रतियोगितामा दिनेश श्रेष्ठ उत्कृष्ट खेलाडी बने । उनको एक परेवाले ११ घण्टा १४ मिनेट लामो उडेको थियो । उनले रु २० हजार पुरस्कार जिते ।

नेपाल परेवा उडान खेल संघको आयोजनामा भएको उक्त प्रतियोगितामा ८४ जना खेलाडीहरुले भाग लिएका थिए ।

परेवा उडान प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय