+
+

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १५:१२

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको उनका भाञ्जा सुरज भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

फ्रन्टलाइन अस्पतालका अनुसार ढुंगाना घरमा बेहोस भएपछि अस्पताल ल्याइएका थिए । काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित निवासमा दिउँसो परिवारका सदस्यसँग कुरा गरिरहेका बेला १ बजेर ९ मिनेटमा एक्कासी बेहोस भएपछि ढुंगानालाई अस्पताल लगिएको थियो । कलेजोसम्बन्धी समस्या देखिएका ढुंगाना घरमै औषधि उपचार गराइरहेका थिए ।

फन्टलाइन अस्पतालका क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेका अनुसार अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि १ कजेर ४० मिनेटमा मृत घोषणा गरेका थिए ।

‘अस्पताल आइनपुग्दै निधन भइसकेको थियो । चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएकोले त्यस वखत उहाँको आँखाको नानी फुलिसकेको थियो,’ न्यौपानेले भने, ‘उच्च रक्तचाप तथा पल्स नभएकोले आधा घण्टासम्म सीपीआर गर्दा समेत जीवन सम्वन्धी कुनै संकेत नदेखिएपछि १ बजेर ४० मिनेटमा मृत घोषणा गरिएको हो ।’

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् । ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागे । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।

०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बने । ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए । उनी सरकार-माओवादी शान्ति वार्ताका सहजकर्ता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?