+
+

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा प्रधानमन्त्री ओलीद्वारा दु:ख व्‍यक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १६:१०

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले पुर्वसभामुख ढुंगानाको निधनमा दु:ख व्‍यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु।’

प्रधानमन्त्री ओलीले नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा ढुंगानाले महत्वपूर्ण योगदान दिएको भन्दै आफूले सम्झिरहेको उल्लेख गरेका छन् । ‘ नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना !’ प्रधानमन्त्री ओलीलले लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?