+
+

८ मंसिरदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १७:०१

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताए ।

उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधि लम्ब्याइरहेको बताए ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सहकारीको रकम अनियमिततामा संलग्न कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य दिए पनि सोही अभियोगमा पक्राउ गरेर हिरासत बाहिर राखेर अनुसन्धान गर्न सकिनेमा विना प्रमाण हिरासत अवधि लम्ब्याइरहेको रास्वपाको जिकिर छ ।
‘अनुसन्धानका नाममा हिरासत अवधि लम्ब्याउनु सरकारको राजनीतिक प्रतिशोध हो’, कार्यबाहक प्रवक्ता झाले भने ।

रास्वपाले सभापति लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन माग गर्दै भनेको छ, ‘भविष्यमा यस्तो प्रतिशोध कसैलाई नहोस् भनेर फौजदारी कानुन प्रणाली र संरचनात्मक प्रणाली सुधार गर्न सरकारलाई आग्रह गर्छौं ।’

रास्वपाले सहकारीको वचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्न पनि सरकारसँग माग गरेको छ । सहकारीबारे छानबिन गर्न विगतमा बनेका कार्यदल तथा समितिको सुझाव कार्यान्वयन गर्न पनि उसले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?