+
+

चार देशका राजदूतले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १७:२४

२ मंसिर, काठमाडौं । विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् ।

पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।

शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?