+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १७:२६

२ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा ११ अर्ब ७२ करोड रुपैयाँको कारोबार भयो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत यस दिन कुल ४ अर्ब ६५ करोड रुपैयाँको खरिद हुँदा ३ अर्ब ९० करोड रुपैयाँ बराबरको बिक्री भयो ।

टप १० ब्रोकर कम्पनीमध्ये ७ मार्फत खरिद बढी देखिएको छ । नासा, इम्पेरियल, सनी, अनलाइन, आर्यतारा, दिपशिखा र दक्षिणकालीमार्फत खरिद धेरै भएको छ । त्यस्तै लिन्च, भिजन र डायनामिकमार्फत बिक्री धेरै भएको छ ।

यी ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, समृद्धि फाइनान्स, जानाकी फाइनान्स, सिंगटी हाइड्रो, नेपाल फाइनान्स, मकर जितुमाया सुरी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी लगायत अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?