+
+

पूर्वसभामुख ढुंगानाप्रति सानोगौचरनमा श्रद्धाञ्जली, आर्यघाटमा अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते ८:४४

३ मंसिर, काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टिअघि उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचनमा राखिने भएको छ ।

श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका विशिष्ट व्यक्तित्व समेत सहभागी हुनेछन् ।

ढुंगानालाई दिने सम्मानबारे निर्णय गर्न आज बिहान ९ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार निधन भएको थियो ।

ढुंगानाका भान्जा सुरज भट्टराईका अनुसार आज ११ बजेदेखि दुई घण्टासम्म सानोगौचरनमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

म्यानचेस्टर युनिभर्सिटीमा अध्यापनरत पूर्वसभामुख ढुंगानाका छोरा डा. निमेष पनि आज बिहान ११ बजे काठमाडौं आइपुग्दैछन् । त्यसपछि मात्र श्रद्धाञ्जली सभा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?