+
+

मधेश प्रदेशमा ७ वडाध्यक्षका लागि १०३ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १०:४५

३ मंसिर, जनकपुरधाम । मधेश प्रदेशको सातवटा वडामा अगामी मंसिर १६ गते हुने वडाध्यक्षको लागि हुन लागेको निर्वाचनका लागि १०३ जनाको उम्मेदवारी परेको छ ।

आइतबार भएको मनोनयन दर्तामा धनुषाको धनुषाधाम नगरपालिका वडानम्बर १ को वडाध्यक्षको लागि २१ जना, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. २ का वडाध्यक्षको लागि २० जनाको उम्मेदवारी परेको छ ।

यस्तै सप्तरीको डाकनेश्वरी नगरपालिका वडानम्बर १ को वडाध्यक्षको लागि ९ जना र वडानम्बर ४ का लागि ८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै रौतहटको इशनाथ नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष पदका लागि १५ जना, राजपुर नगरपालिका वडानम्बर ६ का लागि १४ जना र गढीमाई नगरपालिका वडानम्बर १६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?