+
+

‘तिमी हिँड्ने बाटो’मा रबिन र बिनाको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १४:५८

२ मंसिर, काठमाडौँ। मोडल बिना राउतको अभिनय रहेको तिमी हिँड्ने बाटो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । जहाँ बिनालाई आफूलाईभन्दा बढी माया गर्ने प्रेमीले दिएको साथको वर्णन गरिएको छ।

भिडियोमा बिनाका प्रेमीका रुपमा गायक रबिन बर्तौलाको अभिनय देख्न सकिन्छ । भिडियोमा बिनाका रिलका प्रेमी रबिनले माया नै मायामा डुबेर जुगौँ जुग बाँच्ने वाचा कसम खाएका छन् । गायक रबिन पेशाले सिभिल इन्जिनियर हुन् ।

सार्वजनिक गीतका यी मन छुने शब्द हुन् संगीतकार अर्जुन पोखरेलका । पुरुसोत्तम सुवेदीको एरेन्ज रहेको सार्वजनिक गीत्मा नरेश बिबिसीको मिक्सिगं तथा मास्टरिगं रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन केशव राज भट्टले गरका हुन् ।

विशाल थापाको छायांकन रहेको भिडियोको सम्पादन राकेश दाहालले गरेका हुन् भने भिडियो गायक रबिन बर्तौलाको अफिसियल च्यानल रबिन बर्तौला मार्फत बजारमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?