+
+

कोशीमा पहिचान पक्षधरले फेरि गरे आन्दोलन घोषणा, प्रदेशसभा घेराउदेखि हडतालसम्म

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १५:१८

३ मंसिर, विराटनगर । कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ ।

समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो दिवसको रुपमा मनाउने भएको छ ।

समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउ सहित अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ ।

तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि शान्तिपूर्ण गतिविधि गर्ने बताएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको घोषणा गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेश सभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रममा सहभागी नगराउन र गराए प्रतिरोध गर्ने घोषणा गरेको छ ।

प्रदेशको नाम कोशी मेटाउन र हटाउन पनि आन्दोलनरत पक्षले माग गरेका छन् । ‘कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरुलाई अनुरोध गर्ने नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाइनेछ’, संयुक्त संघर्ष समितिले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?